श्रीमतीको ह*त्या गरी फरार भएका हरिराम यादव पक्राउ


धनुषा । श्रीमतीको हत्या गरी फरार भएका धनुषाका हरिराम यादव पक्राउ परेका छन् । लक्ष्मीनिया गाउँपालिका बनिनियामा श्रीमतीको हत्या गरी फरार भएका यादव तीन महिनापछि पक्राउ परेका हुन् ।
गत फागुन १७ गते यादवकी श्रीमती अञ्जली यादवको शव उनकै घरभित्र गाडिएको अवस्थामा भेटिएको थियो । शव भेटिनु अघि नै हरिराम यादव फरार भएका थिए । १० महिनाकी छोरीलाई समेत लिएर फरार भएका यादवलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ । तर उनकी छोरीको अवस्था भने पत्ता लागेको छैन ।