एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा छन्त्याल माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । छन्त्यालसहित विभिन्न पार्टी परित्याग गरेर बिहीबार १३ जना माओवादी केन्द्रका प्रवेश गरेका छन्।
पार्टीमा प्रवेश गर्ने सबैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुलमाला लगाएर स्वागत गरेका छन् ।