Ad Image

एमाले धनुषामा भोला यादव नेतृत्वको प्यानलै विजयी

User Image Mayorsap | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhola.PNG

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ । यादव आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर, उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन् । महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।