बालिकाको दाहसंस्कारको तयारी हुँदै थियो, प्रहरीले नियन्त्रणमा लियो श*व र अभिभावक


काठमाडौं । गत ७ गते मृत्यु भएकी संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिकाको शवसहित अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार मृतक बालिकालाई दाहसंस्कारका लागि अस्पतालबाट घर ल्याउने क्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाले शवसहित अभिभावकलाई नियन्त्रणमा लिएको हो ।
गोपाल तामाङकी छोरी युनिकालाई अभिभावकले नै हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धानका लागि शव नियन्त्रणमा लिएर जिल्ला अस्पताल संखुवासभामा राखेको छ । बालिकाका बुबा गोपाल र काकी कल्पनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतमा उपस्थित गराइ म्याद लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडा हुँदा कल्पनाले बालिकालाई धकेल्दा बालिका घाइते भएकी थिएन् । घाइते बालिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो । प्रहरीले बालिकाको शव अस्पतालबाट घर ल्याउने क्रममा नियन्त्रणमा लिएको हो ।