घोडाघोडीमा अनियन्त्रित ट्रक दुर्घटना हुँदा चालक घाइते


धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी–१० स्थित राधेराधे मन्दिर नजिक लु प्र ०१–००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तुका ट्रक चालक सिताराम थारू चौधरी घाइते भएका छन् । हाल उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।