नवलपरासीको बर्दघाटमा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति परेको वर्षाका कारण करिब ७ मिटर सडक भत्किएपछि नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको हो ।
बाढीले सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए । शुक्रबार राति करिब ११ बजेबाट अवरुद्ध सडक शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध हुँदा सवारीहरू रोकिएका छन् ।