डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप


काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबीच झडप भएको छ। शनिवार दिउँसो रूकुमको मैकोट गाउँपालिकाका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच झडप भएको हो ।
यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू छन् ।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको बताइएको छ ।