Ad Image

एकान्तकुनामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ*त्यु

User Image Mayorsap | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

ललितपुर । एकान्तकुनामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिवार बिहान एकान्तकुना खरिबोटस्थित सडकमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा घर भई काठमाडौंको नैकाप बस्ने ३० वर्षीय संजीब अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनको उपचारका क्रममा शनिबार दिउँसो अल्का अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार महिलाको पनि अल्का अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।