सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा रास्वपाबाट स्वीकृत

.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहको राजीनामा स्वीकृत गरेको हो ।
श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् भने शाहले केही दिनअघि दिएका थिए । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।उनीहरु दुवै जनाले पार्टीमा भने रहने बताएका छन् ।