प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने


काठमाडौं । मंगलबार बिहान ११ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरूले तयारी गरेका छन् ।
भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलले बैठक अवरोध गर्ने तयारी गरेका हुन् ।
उक्त तयारीका लागि अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिपक्षी दलहरूको बैठक जारी छ। उनीहरूले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सरकार र सत्तारूढ दलहरूलाई बोल्न अवरोध गर्ने भएका छन् ।
अध्यागमनका कर्मचारीको सेटिङमा मानिसलाई भिजिट भिषामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेपछि यसमा गृहमन्त्री समेतको संलग्नता हुनसक्ने भन्दै प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।