Ad Image

राजेन्द्र लिङदेनको आरोप–जेठ १५ गतेको आन्दोलनलाई प्रधानमन्त्रीले भड्काउन खोजे

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rajendra ling.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते राजावादीहरुले गर्ने जनआन्दोलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलवार सम्पादकहरुसँग गरेको छलफलमा राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीले आफूहरुको कार्यक्रम भड्काउने खालको अभिव्यक्ति दिएको आरोप लगाएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो ।’

राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । उक्त आन्दोलनलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले एक कार्यक्रममा जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने र सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीकाे उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको आरोप लगाए । 

त्यसैगरी सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि सर्वाधिक अनुकूल समय आएको बताएका छन् । उनले केही समयदेखि पानी बाराबारको अवस्थामा रहेका राजावादीहरू अहिले एक ठाउँमा आएको भन्दै उनले अहिले आफ्ना एजेन्डाका लागि सर्वाधिक अनुकुल समय आएको बताए ।

उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रिएलाइजेशन महत्वपूर्ण रहेको बताए ।

राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् ।