Ad Image

बुधवार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pratinidhi1.jpg

काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

बिहान बैठक सुरु हुनासाथ विपक्षी दलहरुले नाराबाजी गर्दै सदन अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । पछि सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित गरिएको बैठक सुचारु हुन नसकेपछि बुधवारसम्मका लागि बैठक स्थगित गरिएको छ ।