युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी


काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । आज भएको निर्वाचनमा थेबेले १८८ मतान्तरले जित्दै दोस्रोपटक अध्यक्ष बनेका छन् । थेबेले ७९६ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याए । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो ।