जेठ १५ को प्रदर्शनले लोकसेवाको परीक्षा स्थगित, रोकिएको परीक्षा अब कहिले हुन्छ ?


काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा गराउने भनेको परीक्षा स्थगित गरेको छ । जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका विभिन्न पदहरुका लागि आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।
उक्त दिन नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो । स्थगित भएको दिनको परीक्षा अब २४ गते हुनेछ । परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।