Ad Image

एकीकृत समाजवादीले बिहीवार कार्यकर्ता भेला गर्दै

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samajbadi2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीवार कार्यकर्ता भेला गर्ने भएको छ । 

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनुका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ । 

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिए ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ ।