प्रधानमन्त्री ओली, सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल

काठमाडौं । संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले भेटवार्ता गरेका छन् । संसद बैठक सुरु हुनुअघि सभापति देउवा गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा भेटवार्ता जारी छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।
यसै सन्दर्भमा ओली, देउवा र गृहमन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।