Ad Image

एकै पटक राप्रपाका तीन जना सांसदको पीएसओ फिर्ता

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gyan.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता भएका छन्।

सरकारले बुधवार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ  खोसिएको बताएका छन् ।  शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।

नियमित ब्रिफिङका लागि सांसदहरुको सुरक्षामा खटिएका पिएसओहरुलाई बोलाएको प्रहरीले जनाएको छ ।