पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध


बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ बजे पहिरो खसेको हो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु बीचबाटोमै रोकिएका छन्। कान्ति लोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने छोटो दुरीको मार्ग हो।