Ad Image

बजेट अघि मन्त्रिपरिषद् बैठक बस्दै

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/cabinet-baisakh-31.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । बैठकले बजेट पास गर्नेछ । आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्ने कार्यक्रम छ।