Ad Image

पूर्वराजालाई नेपालको सुझाव–मुलुक सञ्चालन गर्ने इच्छा भए निर्वाचनबाट जनताको मन जित्नुस

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/madhav.PNG

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमार्फत जनताको मन जितेर मुलुक सञ्चालन गर्ने इच्छा पूरा गर्न सुझाव दिएका छन् । बिहीवार गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ज्ञानेन्द्र शाहलाई मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिस्पर्धाबाट प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् ।

उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । अहिले राजतन्त्रको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरूलाई नचाहिएको बताए । अध्यक्ष नेपालले ज्ञानेन्द्र शाहलाई लक्ष्यीत गर्दै भने, ‘मुलुक सञ्चालन गर्ने यदि कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिस्पर्धाको मैदानमा चुनौती दिन्छौँ । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो ।’ 

उनले मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेल्न सम्भव नरहेको समेत उनले बताए । उनले भने, ‘मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन । सम्भव हुन दिँदैनौँ । हिजो पनि गणतन्त्रको निम्ति हाम्रो पार्टीले नै अग्रगामी भूमिका खेलेको थियो । अरूमा त्यस्तो आँट देखिएको थिएन ।’