सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै बस्ने संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
यसअघि आजकै प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिसकेका छन्।