Ad Image

कर्णाली कोरिडोर निर्माणका लागि १ अर्ब २७ करोड बजेट सुनिश्चित

User Image Mayorsap | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/karnali karidoor.jpg

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि सरकारले कर्णाली कोरिडोर निर्माणमा १ अर्ब २७ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली क्षेत्रको भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै उक्त कोरिडोर निर्माणका लागि ठूलो बजेट विनियोजन गरिएको जानकारी दिए ।

कर्णाली कोरिडोर सरकारको राष्ट्रिय प्राथमिकताको आयोजना हो, जसले दुर्गम क्षेत्रहरूलाई सडक सञ्जालमा जोड्दै आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।