Ad Image

अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/smart driving licience-480x320.jpg

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन संघीय राजधानी धाउनु पर्ने बाध्यता हट्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ देखि प्रदेश सरकारमार्फतै लाइसेन्स वितरण सुरु गर्ने घोषणा गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाइसेन्स प्रणालीलाई सहज, छरितो र पहुँचयुक्त बनाउन प्रदेश स्तरमै लाइसेन्स वितरणको प्रक्रिया सञ्चालन गरिने जानकारी दिए ।

यो निर्णयले सेवा प्रवाहलाई विकेन्द्रित गर्दै सर्वसाधारणको समय, खर्च र श्रमको बचत हुने सरकारको विश्वास छ । साथै, यातायात कार्यालयमा देखिने भिडभाड र ढिलासुस्ती पनि कम हुने बताइएको छ ।