Ad Image

भौतिक पूर्वाधार मन्त्रालयलाई १ खर्ब ५३ अर्ब बजेट विनियोजन

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhautik mantralaya.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयको जिम्मामा रहेका पूर्वाधार निर्माणलाई तीव्रता दिन ठूलो बजेट छुट्याइएको जानकारी दिए ।

उनका अनुसार सिंहदरबार क्षेत्रभित्र निर्माणाधीन संघीय संसद् र सर्वोच्च अदालतको नयाँ भवन एक वर्षभित्र सम्पन्न गरिनेछ ।

पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै सरकारले भवन, सडक, पुल, यातायात व्यवस्थापन लगायतका योजनामा तीव्र प्रगति ल्याउने लक्ष्य लिएको मन्त्री पौडेलले बताए ।