Ad Image

विदेशी विद्यार्थीलाई निःशुल्क भिसा, अभिभावकलाई बहुप्रवेशको सुविधा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/NP-KTM-1000049710.jpg

काठमाडौं । अब नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूले अध्ययन अवधिभर निःशुल्क भिसा पाउने भएका छन् । आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटमार्फत सरकारले यस्तो नीति ल्याउने घोषणा गरेको हो ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न शिक्षामा खुलापन र सहजता ल्याउने नीति अनुरूप यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

नयाँ घोषणा अनुसार विदेशी विद्यार्थीले अध्ययन अवधि भरि निःशुल्क भिसा प्राप्त गर्नेछन् भने तिनका अभिभावकका लागि बहुप्रवेश भिसाको सुविधा दिइनेछ।