Ad Image

नारायणी नदीमा फसेका २२ जनालाई सशस्त्रले गर्यो उद्धार

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/udar.PNG

काठमाडौं । चितवनको नारायणी नदीमा फसेका २२ जनालाई सकुशल उद्धार गरिएको छ । भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए । उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।