Ad Image

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा सप्ताह’

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/trafic police.jpg

महोत्तरी । बढ्दो सवारीसाधन दुर्घटना घटाउन ट्रफिक प्रहरीले सचेतनामूलक कार्यक्रम ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।  

जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले यही जेठ २२ गतेदेखि सातदिने  साताव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

पहिलो दिन जेठ २२ गते बिहीबार जिल्लाका जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी, चालक र यातायात मजदुरसहितको सहभागितामा प्रभातफेरी गरिने छ । 

यसैगरी २३ गते जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास, २४ गते सवारीसाधनको परीक्षण, २५ गते बर्दिबासमा रक्तदान, २६ गते सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र छैटौँ दिन जेठ २७ गते मोटरसाइकल चालकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम, भारतीय सीमावर्ती सम्सी नाका नजिकको हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ ।

सप्ताहको अन्तिम  दिन जेठ २८ गते सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजनासँगै सप्ताहव्यापी कार्यक्रम समापन हुने प्रहरी निरीक्षक जोशीले बताए ।