Ad Image

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/yamlal.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिए । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले  सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उनले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उनले भने, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।”

मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे ।