राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक जना पक्राउ


काठमाडौं । राजावादीको आन्दोलनमा घुसपैठ भएको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । राजसंस्था पुनस्र्थापनासहितको मागसहित राप्रपा, राप्रपा नेपालसहितले गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।