Loading...
Ad Image

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति चेङबीच भेटवार्ता

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidh.PNG

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । चीनको भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले शनिवार चीनको गान्सुमा उपराष्ट्रपति चेङसँग भेटवार्ता गरेकी हुन् । 

पूर्वराष्ट्रपति भण्डारीको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको बताइएको छ । 

यसअघि पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू सामेल छन् ।