Loading...
Ad Image

वडा सदस्यको निधनमा आज धरान उपमहानगरपालिकामा शोक विदा

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dharan.jpg

काठमाडौं । धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । आज बिहान बसेको कार्यपालिका बैठकको निर्णयानुसार आइतबार नगर कार्यपालिकाको कार्यालय साथै मातहतका कार्यालयहरूमा (अत्यावश्यक सेवा बाहेक) शोक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले जानकारी दिएका छन् ।

महानगरको वडा नम्बर १९ का वडा सदस्य जसरथ सुब्बाको हिजो (शनिबार) निधन भएको थियो । सुब्बाको निधनबाट महानगरपालिका परिवार स्तब्ध भएको र यस दुःखद घडीमा मृत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना उपमहानगरले गरेको छ ।