Loading...
Ad Image

कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राय पक्राउ

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/karnali devplepment bank.jpg

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्वसीईओ राजेन्द्रवीर राय ४ अर्ब ९० करोड रुपैयाँ अपचलनको आरोपमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार नेपाल–भारत सिमानाको बेलहिया नाकाबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि स्रोतका अनुसार उनलाई भारतीय भूमिबाट समातिएको हो ।

राय २०७६ देखि २०७९ सम्म बैंकको सीईओ थिए । बैंकको आन्तरिक छानबिनले अपचलनमा पूर्वसीईओ दिनेशकुमार रावत, वित्त प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहको संलग्नता देखाएको छ ।

हाल बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा छ । फरार रहेका रायलाई म्याद थपका लागि बाँके लगिँदै छ ।