Loading...
Ad Image

परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

User Image Mayorsap | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/aarzu.jpg

 काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।

चीन सरकारले यही जेठ १६ गते आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएकी हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएकी थिइन् ।

अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।