माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन


काठमाडौं । राइड सेयरिङ तथा सेल्फ ड्राइभ सवारीलाई अनुमति दिने गण्डकी प्रदेश सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरूले आइतबार काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
निजी सवारीलाई सार्वजनिक सवारीसरह सञ्चालन गर्न दिए लगानी जोखिममा पर्ने भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
यसअघि शुक्रबार गण्डकीमा यातायात बन्द गरेका व्यवसायीहरूको प्रदर्शनका कारण काठमाडौंको यातायात पनि प्रभावित भयो ।
उता नक्शाल–भाटभटेनी क्षेत्रमा राजावादीहरूको प्रदर्शनले राजधानीको आवागमन झन् अस्तव्यस्त बनाएको छ ।