स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाले पायो हालसम्मकै उच्च अंक
मेयरसाप डेस्क
|
२०८१ पुष १४ गते ०८:०५
काठमाडौँ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ ।
महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।
आइतबार भएको नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर डंगोलले यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च भएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरिन् ।
Facebook Comments