बेलडाँडी गाउँपालिकामा सुरु भयो कृषिजन्य वस्तु भण्डारण गर्न चिस्यान केन्द्र निर्माण

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार गत वर्ष असार १० गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय भए अनुसार स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुका लागि गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

User Image Mayorsap | एक बर्ष अगाडि
Image of storage/news/1718613927.jpeg

कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २ चवन्नी बजारनजिकै कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण कार्य सुरु गरिएको छ ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार गत वर्ष असार १० गतेको गाउँ कार्यपालिका बैठकबाट निर्णय भए अनुसार स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुका लागि गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

गणेश निर्माण सेवाले आगामी ३० मंसिर ०८१ मा भवन निर्माण सम्पन्न गर्ने गरी ७१ लाख ६१ हजारबराबरको बजेटमा कोल्डस्टोर निर्माण सम्झौता गरेको छ ।

 


Facebook Comments