ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
मेयरसाप डेस्क
|
२०८१ पुष १९ गते २१:१२
काठमाडौँ । शुक्रवार सुनको मूल्य बढेको छ । तोलामा दुई हजार रुपैयाँले बढेको हो । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भैराखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
Facebook Comments