ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
मेयरसाप सम्पादकीय
|
२०८१ पुष २२ गते २२:४५
काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक क्लबका अध्यक्ष निरज खड्काका अनुसार 'एट' 'ए' साइड स्वरूपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ।
विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल जावलाखेल मैदानमा खेलाइने छ।
Facebook Comments