पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
मेयरसाप सम्पादकीय
|
२०८१ पुष २३ गते २३:०६
काठमाडौं । पूर्वराष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किन थालेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले प्रश्न उठाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराइले संविधानको मूल मर्म विपरित पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउनु सुखद सन्देश नभएको बताएका हुन् ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा उहाँहरू र उहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन, यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘साथै उहाँहरू दुवै ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो, त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’
पछिल्लो समयमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा उपस्थित हुन थालेका छन भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चाकाबीचमा भट्टराइको यो टिप्पणी आएको हो ।
Facebook Comments