युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ १ गते ००:४०
Image of storage/news/1736828691.jpg

सियोल । युक्रेन विरुद्ध रुसको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी गरिएको छ ।  दक्षिण कोरियाका एक सांसदका अनुसार ३ सय भन्दा बढीको मृत्यु तथा २५ सय भन्दा बढी घाइते भएको दावी गरिएको हो ।​​​​​​​सियोलको राष्ट्रिय खुफिया सेवा (एनआईएस)बाट एक ब्रिफिङ पाएको भन्दै ली सियोन क्वाङले यो जानकारी दिएका हुन् ।

 

‘रूसमा उत्तर कोरियाली सेनाको तैनाथी कुर्स्क क्षेत्रमा रहेको छ, त्यहाँ उत्तर कोरियाली सेनाहरूको हताहत ३ सय नाघेको छ,’ लीले भने। उनका अनुसार खुफिया संस्था एनआईएसको अनुसन्धान पछि यो पनि पत्ता लागेको छ कि उत्तर कोरियाली सैनिकहरूसँग आधुनिक युद्धको बुझाइको कमी रहेको छ ।  

 

दक्षिण कोरियाली राजनीतिज्ञको बयान युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले किभले दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुहरूसँग सोधपुछ भइरहेको भिडियो जारी गरेको केही दिनपछि आएको हो। सोही सन्दर्भमा जेलेन्स्कीले भनेका छन् कीभले रुसमा रहेका युक्रेनी युद्धबन्दीको बदलामा कब्जामा लिएका उत्तर कोरियाली सैनिकहरूलाई सुपुर्दगी गर्न सकिने प्रस्ताव अघि सारेका छ ।


Facebook Comments