प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
मेयरसाप सम्पादकीय
|
२०८१ माघ २ गते २१:५२
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका ४ दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।
बैठकका लागि चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक मंगलबार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तयार पारेको प्रतिवेदन माथि छलफल हुने जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।
Facebook Comments