राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् उक्त जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्ने बताएका छन ।
Mayorsap
|
२०८१ असार १० गते ०७:४१
गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि यस्तो निर्देशन गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्यमार्फत् उक्त जानकारी दिंदै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्ने बताएका छन ।
गृह मन्त्रालयले २८ जिल्लामा ४३८ प्राविधिकसमेत पठाएको छ ।

Facebook Comments