आईसीसी यू–१९ महिला विश्वकप: आज स्कटल्याण्डसँग खेल्दै नेपाल


काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने स्कटल्याण्डले अस्ट्रेलियासँग हार व्यहोरेको थियो । आजको खेलमा स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न सम्भावना बलियो रहनेछ । समूह डी मा रहेको नेपाललाई सुपर सिक्समा पुग्न कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेल नेपालले बुधबार अस्ट्रेलियासँग खेल्नेछ।
नेपाली टिमः पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।
Facebook Comments