वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
मेयरसाप डेस्क
|
२०८१ माघ २३ गते ०३:०२
काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कँुवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छिन् ।
सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन्।
कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।
Facebook Comments