सल्यान महोत्सवमा भीषण आगलागी हुँदा ८० स्टल जलेर नष्ट, करोडौंको क्षति

User Image Mayorsap | २०८१ माघ २७ गते २१:१८
Image of storage/news/1739082614.jpeg

सल्यान । सल्यानमा जारी महोत्सवमा भीषण आगलागी हुँदा ठूलो धनमाल नष्ट भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाका अनुसार, १३५ स्टलमध्ये ८० स्टल जलेर पूर्ण रूपमा नष्ट भएका छन्।


महोत्सवको ८औं दिन राति करिब ११ बजे अचानक आगो लाग्दा करोडौं मूल्य बराबरको सामग्री जलेर खरानी भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ८ करोडभन्दा बढीको क्षति भएको बताइएको छ।


घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको सहकार्यमा राति नै आगो नियन्त्रणमा लिइएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए। यद्यपि, आगलागीको ठोस कारण अझै खुलेको छैन, र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 


Facebook Comments