प्रजातन्त्रको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्छः प्रदेशका प्रमुख मियाँ


कैलाली । सुदूरपश्चिम ले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षमा अमूल्य जीवनको आहुति दिएका सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सन्देशमा उनले जहानियाँ निरङ्कुश शासनविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झना सबैले गर्नुपर्ने उनले बताएका । उनले जारी गरेको सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दछु ।”
उनले नेपाली समाजको आधुनिकीकरण, राजनीतिक प्रणालीको लोकतान्त्रिकरण, सामाजिक न्याय र समानतालाई संस्थागत गरी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
प्रजातन्त्र दिवसले सबै निकायको स्वभाव र चरित्रलाई प्रजातान्त्रिक, जनमुखी र जनमैत्री बनाउँदै लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माणका लागि दिशानिर्देश गर्ने उत्सवका रूपमा स्थापित भएको अनुभव लिएको बताएका छन् ।
प्रदेश प्रमुख मियाँले संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, समावेशी लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि क्रियाशील हुँदैदै अघि बढ्ने प्रेरणा प्रजातन्त्र दिवसले सबैलाई प्रदान गर्न सकोस् भन्ने कामना पनि सन्देशमा गरेका छन् ।
Facebook Comments