सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु

User Image Mayorsap | २०८१ चैत २० गते १४:५५
Image of storage/news/1743580870.png

काठमाडौँ । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको लेक लागेर ज्यान गएको छ।


ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।


प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए।


यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।


शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो।


शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझेर लगेका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Facebook Comments