सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | २०८१ चैत २१ गते २३:१३
Image of storage/news/1743665952.jpg

काठमाडौं । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।


सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यमा बुधबार ब्रेक लागेर प्रतितोला ६ सय रुपैयाँ घटेको थियो।


बुधबार सुनको मूल्य एक लाख ७९ हजार एकसय रुपैयाँ थियो।


आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ९५ रुपैयाँमा झरेको हो। हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार २० रुपैयाँ थियो।


Facebook Comments