विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौं आउन कर्मचारी परिषद्को निर्देशन

User Image Mayorsap | २०८२ वैशाख ९ गते ०९:५६
Image of storage/news/1745325460.PNG

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

 

मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।


‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियर काठमाडौंमा जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

 


Facebook Comments