समयमै काम नगर्ने १० निर्माण कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण
कालो सूचीमा राख्ने तयारी
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २२ गते २१:५५
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै आयोजनाका काम समयमै सम्पन्न नगर्ने विभिन्न १० निर्माण कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ । सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ ।

Facebook Comments